×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठान ।  प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए ।

मृतकको पहिचान भने अझै खुल्न बाँकी छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्