×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्लाहीमा महिलाको हत्या, जेठाजु पक्राउ

सर्लाहीमा महिलाको हत्या, जेठाजु पक्राउ

काठमाडौँ । सर्लाहीमा एक जना महिलाको हत्या भएको छ । प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन्  ।

बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानकी श्रीमती रेनु देवीमाथि आइतबार बिहान करिब १० बजेतिर ४० वर्षीय जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

डीएसपी राईका अनुसार हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण रनु देवीको घटनास्थलमै मृत्यु भएको हो । साहेब पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्