×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघमा चम्लागाईं निर्वाचित (सूचीसहित)

कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघमा चम्लागाईं निर्वाचित (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं ३५१ मतका साथ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी विकास थापालाई पराजित गर्दै अध्यक्षमा विजय हासिल गरेका हुन् । थापाले ८८ मत पाए । यस्तै अध्यक्षकी अर्का उम्मेदवार कल्पना खड्काले मात्र १३ मत पाइन् । 

संघको उपाध्यक्ष (महिला)मा अनिता घिमिरे गैरे, उपाध्यक्ष ९खुला०मा उदयबहादुर लिम्बु, महामन्त्रीमा किरण कुमार पासवान र गणेश बहादुर खत्री निर्वाचित भए । 

यसैगरी महिलातर्फ ३ जना, खुलातर्फ ७ जनासहित केन्द्रीय सदस्य पदमा विभिन्न व्यक्तिहरू निर्वाचित भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी दिए । संघको पहिलो महाधिवेशन चैत ८ र ९ गते राजधानीमा भएको थियो । 

 

प्रतिकृया दिनुहोस्