×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

दशैंपछि तोलामै १० हजार बढ्यो सुन

दशैंपछि तोलामै १० हजार बढ्यो सुन

काठमाडौं । दशैंपछि सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन गरिएको थिएन ।

दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा अहिले ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा आज २ हजार २ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदी बढेको हो ।
 

प्रतिकृया दिनुहोस्