×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

साम्बाले भनिन्: उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

साम्बाले भनिन्: उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् ।

पछिल्लो २४ घण्टामा उपचारका लागि उल्लेखनीय साथ, विश्वास र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी हुन् । 

साम्बाले भनेकी छन्आज धन्यवादु शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन ।  आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।   

साम्बाले विभिन्न संघ/संस्था र व्यक्तित्वले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएकाले उपचार, आवास र यातायात खर्च पुग्ने देखिएको उनले बताइन् । कतारमा उपचारको तयारी भइरहेका बेला आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले पूर्ण मेहनतसाथ पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाइन् ।

चोटका कारण शारीरिक र मानसिक रूपमा कठिन समय गुजारे पनि समर्थकको मायाले पुनः उठ्ने साहस दिएको भन्दै साम्बाले अझ सशक्त रूपमा मैदानमा फर्कने अठोट दोहोर्‍याएकी छन् ।

प्रतिकृया दिनुहोस्