×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निजी विद्यालयमा नेपाली बोलेबापत हुने कारबाहीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

निजी विद्यालयमा नेपाली बोलेबापत हुने कारबाहीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौँ । निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिबाना उठाउने गरिएको भन्दै यस्तो कार्य संविधान विपरीत रहेको जिकिरसहित रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ । नेपाली बोलेमा विद्यार्थीमाथि कारबाही, जरिबाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको रिट निवेदकहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्