×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए ।

बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।

बरामद गाडी नम्बर प्लेट बिनाका हुन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने ती अधिकृतले बताए । उनले भने, ‘कागजात हेर्छौँ, त्रुटि नदेखिए फिर्ता गर्र्छौं त्रुटि देखिएमा भन्सार कार्यालयबाट कानुन अनुसार हुन्छ ।’

बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि  ती गाडी आयात गरिएको आशङ्का गरिएको छ  । कास्की र पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको छ । सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘बिवाईडी लगायतका विद्युतीय गाडीहरू छन् ।’ 
 

प्रतिकृया दिनुहोस्