काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।