×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो

काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । यद्यपि, आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक(पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले वार्ता, संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्