×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नारायणगढ–मुग्लिन सडकमा दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक, ढुंगा पन्छाउने काम जारी

नारायणगढ–मुग्लिन सडकमा दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक, ढुंगा पन्छाउने काम जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो ।

तर, ढुंगा हटाउने काम नसकिएकोले समय थप गरेर दिउँसो ३ बजे पुर्‍याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ ।

सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ । तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य जारी छ ।

उक्त समय अवधिभर लेन अनुशासन पालना गरी सवारीसाधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्