काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँद्यीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला तिन हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।