×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नागढुंगा सुरुङका लागि थप ५ अर्ब ७० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

नागढुंगा सुरुङका लागि थप ५ अर्ब ७० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारबाट थप ऋण लिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने  जापानी येन ५ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्