×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिरहामा २७६ किलो गाँजा बेवारिसे अवस्थामा भेटियो

सिरहामा २७६ किलो गाँजा बेवारिसे अवस्थामा भेटियो

काठमाडौं । प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ । सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो ।

उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् । उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्