×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

३१औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

३१औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गएको वर्ष शेर्पाले २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । मंगलबार पनि सगरमाथाको शिखरमा पुगेर उनले ३१ औंपटक आरोहण गरेको विश्व कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी शेर्पा गाइडको रुपमा कार्यरत छन् ।
 

प्रतिकृया दिनुहोस्