×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

गुगलको नयाँ फिचर : इमेल र डाटा सुरक्षित राखेरै फेर्न सकिनेछ ‘जिमेल एड्रेस’

गुगलको नयाँ फिचर : इमेल र डाटा सुरक्षित राखेरै फेर्न सकिनेछ ‘जिमेल एड्रेस’

काठमाडौं । गुगलको नयाँ नीतिअनुसार, अब प्रयोगकर्ताले आफ्ना पुराना इमेल, डाटा र एकाउन्ट हिस्ट्री केही पनि नगुमाइकन आफ्नो जिमेल ठेगाना परिवर्तन गर्न सक्नेछन्।

मंगलबार युट्युबमा एक भिडियो सार्वजनिक गर्दै कम्पनीले यस बहुप्रतीक्षित फिचरको औपचारिक घोषणा गरेको हो।

‘आफ्नो पुरानो जिमेल ठेगानाबाट दिक्क हुनुहुन्छ रु अब नयाँ खाता नखोलीकनै आफ्नो युजरनेम परिवर्तन गर्न सकिनेछ,’ भिडियोमा गुगलका एक प्रतिनिधिले भनेका छन्।

सन् २००४ मा जिमेल सेवा सुरु हुँदा धेरैले रमाइलोका लागि वा अपरिपक्व उमेरमा विभिन्न नाम राखेर इमेल आईडी बनाएका थिए। समयक्रमसँगै ती ठेगानाहरू व्यावसायिक प्रयोगका लागि असहज बन्दै गएका छन्। प्रयोगकर्ताको यही समस्यालाई मध्यनजर गर्दै कम्पनीले यो सुविधा ल्याएको हो।

कसरी फेर्ने इमेल ठेगाना ?

गुगलका अनुसार, यो प्रक्रिया निकै सहज छ:
१. सबैभन्दा पहिले आफ्नो गुगल एकाउन्ट सेटिङ्समा जानुहोस्।
२. त्यहाँ रहेको ‘Personal info’ (व्यक्तिगत जानकारी) मा क्लिक गर्नुहोस्।
३. त्यसपछि ‘Email’ र ‘Google Account email’ मा ट्याप गर्नुहोस्।
४. त्यहाँ ‘Change Google Account email’ विकल्प देखियो भने त्यसमा क्लिक गरेर आफ्नो नयाँ र युनिक युजरनेम राख्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्