काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।