×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं। विश्व युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन् । श्रीलंकापछि उनले नेपालको भ्रमण गरेकी हुन् ।

अमेरिकाको स्टेट डिपार्टमेन्टका अनुसार, उनले १२ देखि १५ नोभेम्बरसम्म श्रीलंका र नेपालको भ्रमण गर्ने कार्यतालिका छ । एबीको यो भ्रमणले दक्षिण एसियाका युवाको शशक्तिकरणमा अमेरिकाको भूमिकालाई दर्साउने स्टेट डिपार्टमेन्टले भनेको छ ।

नेपाल भ्रमणका क्रममा उनले युवा नेताहरुसँगै सोसल मिडिया इन्फ्यून्सरहरुसँग समेत छलफल गर्नेछिन्। त्यसक्रममा उनले साइबर बुलिङ, अफवाह, मिथ्या सूचना लगायतका विषयमा छलफल गर्ने भनिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले पनि सूचना जारी गर्दै नेपाल भ्रमणका क्रममा उनले नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र नागरिक संलग्नता प्रबद्र्धन गर्ने युवा केन्द्रीत कार्यक्रमहरुमा सहभागिता जनाउने भनेको छ ।

दूतावासले भनेको छ, ‘उहाँको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई प्रगाढ बनाउनका साथै युवाहरुलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्मणका लागि मद्दत गर्न सहयोग गर्नेछ ।’

डेमोक्रेटिक पार्टीकी नेतृ एबीलाई अमेरिकी राष्ट्रपति जो बाइडनले १२ नोभेम्बर २०२२ मा युवा मामिलाबारे अमेरिकी विशेष दूत नियुक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्