काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आजदेखि सुरु हुने शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
पालले लिग टु अन्तर्गत ओमान विरुद्ध खेलेको पछिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल टु डाउनमा छन् ।
मिडल अर्डरमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्शन झा छन् । बलिङमा नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् । नेपालले स्कटल्यान्डसँष घरेलु मैदानमा हालसम्म हार बेहोरेको छैन । २ मध्ये २ खेल नै जितेको छ । समग्र हेड टु हेडमा वनि नेपालले ५ खेल जित्दा ४ मा पराजित भएको छ ।
स्कटल्यान्ड लिग २ अंकतालिकामा दोस्रो स्थानमा रहेको टोली हो ।