×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन

म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् । म्यानमारसँगको फाइनल खेलका लागि नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।

पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ आज बेन्चमा छन् ।

त्यस्तै म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट म्यानमारले ८ वटा परिवर्तन गरेको छ । ३ खेलाडी मात्र अघिल्लो खेलका छन् । दुई टोलीबीचको समूह चरणको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिकृया दिनुहोस्