×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता

नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता

काठमाडौं । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका(५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

रावतका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता दुई जनाको खोजी कार्य जारी छ ।

रावतले भने, ‘अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन् । आयुषको हात भाँचिएको छ ।’

होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको उनले बताए । चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्