×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको पदाधिकारी बैठक १९ गते बस्ने

माओवादीको पदाधिकारी बैठक १९ गते बस्ने

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएपनि समय तोकिएको भएको छैन । 

‘भदौ १९ गते बैठक बस्ने भनिएको छ । समय निश्चित भएको छैन । भोलितिर थाहा होला’, उनले भने । गजुरेलले समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेण्डामा छलफल हुने बताए । 

स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए । 

तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो । 

त्यसपछि भदौ ६ र ८ गते बोलाएको बैठक पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरे । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्