×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

क्रिकेटप्रेमीलाई लक्षित गर्दै टीसीएलका प्रिमियम साउन्डबार बजारमा, घरमै रङ्गशालाको अनुभव दिने

क्रिकेटप्रेमीलाई लक्षित गर्दै टीसीएलका प्रिमियम साउन्डबार बजारमा, घरमै रङ्गशालाको अनुभव दिने

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारका लागि दुई नयाँ प्रिमियम साउन्डबार ‘S55H’ र ‘Q65H’ सार्वजनिक गरेको छ । जारी नेपाल प्रिमियम लिग (एनपीएल) लाई लक्षित गर्दै कम्पनीले यी प्रडक्ट भित्र्याएको हो ।

नेपाली उपभोक्ताहरूको मनोरञ्जनको स्तर उकास्ने र विशेषगरी क्रिकेट हेर्दा खेलको वास्तविक मज्जा प्रदान गर्ने उद्देश्यले यी साउन्डबारहरू डिजाइन गरिएको कम्पनीको भनाइ छ । यी उपकरणले खेलको कमेन्ट्री, दर्शकको हुटिङ र प्रत्येक बलको आवाजलाई स्पष्ट र जीवन्त बनाउने भन्दै घरमै रङ्गशालाको जस्तै अडियो अनुभव हुने कम्पनीले उल्लेख गरेको छ ।

‘S55H’ मोडेलमा २.१ च्यानल डल्बी एटमस र डीटीएस भर्चुअलस् एक्स (DTS Virtual:X)  प्रविधि प्रयोग गरिएको छ । वायरलेस सबउफरसहित आउने यो साउन्डबारले २२० वाटको अधिकतम शक्ति प्रदान गर्छ । यसमा रहेको ब्लुटुथ ५.३ ले खेल हेर्दा आवाजमा हुने ढिलाइ (Low Latency) कम गर्छ । साथै, यसमा रहेको ‘एआई सोनिक(एडाप्टेशन’ (AI Sonic-Adaptation) प्रविधिले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः सन्तुलित बनाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, ‘Q65H’ मोडेल ५.१ च्यानल स्पिकर सिस्टमसहित आएको छ, जसले ५८० वाटको शक्तिशाली आवाज दिन्छ । विशेषगरी ५५ इन्चभन्दा ठुला टेलिभिजनका लागि उपयुक्त मानिएको यो मोडेलमा ‘रे-डान्ज टेक्नोलोजी’(Ray-Danz Technology)  प्रयोग गरिएको छ । जसले अझ फराकिलो र प्राकृतिक साउन्ड स्टेज निर्माण गर्छ । यसमा डल्बी एटमस र डीटीएसस्एक्सको संयोजनले थ्रीडी साउन्डको अनुभव प्रदान गर्ने बताइएको छ ।

यी दुवै मोडेलमा टीसीएलको  ‘Tutti Choral Technology’  प्रयोग गरिएको छ, जसले टिभी र साउन्डबारबिच समन्वय गरी अडियो क्वालिटीलाई अझ उत्कृष्ट बनाउँछ । कम्पनीका अनुसार यी नयाँ साउन्डबारहरू नेपालभरका टीसीएलका आधिकारिक बिक्री केन्द्र तथा अनलाइन स्टोरहरूमा उपलब्ध भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्