×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित, कार्यक्रमस्थल खाली गरायो

रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित, कार्यक्रमस्थल खाली गरायो

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ । बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अधिवेशन स्थगित गरिएको हो । 

 निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर बुधवार बिहान मतदान समेत सुरु भएको थियो । तर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरेर कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको छ । समितिको सो निर्देशन लगत्तै प्रहरीले कार्यक्रम स्थल खाली गराएको छ । 

समितिले निर्वाचनको लागि अर्को मिति तोकेको छैन ।

प्रतिकृया दिनुहोस्