×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो ।

जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको  ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्