×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

आजदेखि स्वस्थानी व्रत सुरु,शालीनदीमा स्नान गर्नेको घुइँचो

आजदेखि स्वस्थानी व्रत सुरु,शालीनदीमा स्नान गर्नेको घुइँचो

काठमाडौं । आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ । यो अवधिमा विभिन्न शक्तिपीठको पूजा गर्ने र स्वस्थानी कथा वाचन गर्ने चलन रहेको छ । यसै बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछन् ।

यो अवधिलाई माघ स्थानका रुपमा पनि लिइन्छ । त्यसैले साँखुस्थित शालीनदीमा स्नान मेला नै लाग्ने गर्छ । शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्