×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस

काठमाडौं । न्यायापरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ ।

परिषद्को आजको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिस गरेको हो । अहिले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट थिए ।

त्यस्तै राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरणओ पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ ।

परिषद्ले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस्