×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकविरुद्ध ३ दिन म्याद थप

सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकविरुद्ध ३ दिन म्याद थप

काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौका एसपी कुलदीप चन्दले तीन दिन म्याद थप भएको बताए । बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको थियो ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी थिइन् । शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै जाहेरी परेको थियो ।

यसअघि यस्तै ठगी आरोपमा शेयर कारोबार दीपेन्द्र अग्रवाल पनि पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्