काठमाडौँ । बुधबार सुनको मुल्यमा गिरावट आएको छ । मंगलबार उच्च रेकर्ड कायम भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक दुई हजार २० रुपैयाँमा कारोबार भैरहेको छ ।