काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला तिन हजार १५ रुपैयाँमा कारोबार भैरहेको छ ।