काठमाडौं । स्थानीय बजारमा रातो बन्दाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले बिहीबार रातो बन्दाको भाउ बढेको देखाएको हो ।
आज बिहीबार रातो बन्दा प्रतिकिलो थोकमा ५६ रुपैयाँ बढेको छ । बुधबार रातो बन्दा प्रतिकिलो २ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
आज भने रातो बन्दाको भाउ प्रतिकिलो ३ सय ६ रुपैयाँ कायम छ । असार पहिलो साता भने रातो बन्दा प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको थियो ।