काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।