×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नुवाकोटमा दाजुभाइ मृत फेला

नुवाकोटमा दाजुभाइ मृत फेला

नुवाकोट । नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेका छ । नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा दाजु-भाइमाथि पुरानो रिसिइबी साँधेर गोली हानी हत्या गरेको जस्तो देखिन्छ । तर गोली नै प्रहार भएको भन्नेबारे यकिन साथ भन्न सकिने अवस्था नरहेको लामाले बताए ।

मृत फेला पर्नेमा म्यागङ गाउँपालिका-४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । सोमराज र सूर्यमान दाजु-भाइ हुन् ।

लामाका अनुसार बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल तर्फ गएको थियो । खोजतलास र अनुसन्धान गर्दा बुधबार दिउँसो ४ बजेमात्रै खोलाको छाँगोभित्र दाजुभाइको शव फेला पारेको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको डीएसपी लामाले बताए ।

प्रतिकृया दिनुहोस्