काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार तोलामा १२ हजार २ सय घटेर प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।