×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै

काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायम छ ।

उनले १ हजार ३१३ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३३५ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले ७१६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार दिनेश कुमारले ६३१ र राजमान महर्जनले ५२० मत पाएका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।

राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्