काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।