×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

कोशीमा मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

कोशीमा मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सुनसरीमा भएको घटनाका विषयमा लिएर छलफल गर्न उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो ।

बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन् । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनको लागि अगाडि बढाउने तयारी छ ।
 

प्रतिकृया दिनुहोस्