×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार खनालले दिए राजीनामा

मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार खनालले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । खनालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।

उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण भने खुलेको छैन । खनालले भने पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् ।

हिक्मतकुमार कार्की पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । उनी कानुन मन्त्री हुँदा पनि खनाल सचिवालयमा नै थिए । कार्की मुख्यमन्त्री बनेपछि जनसम्पर्क सल्लाहकारको जिम्मेवारी खनालले पाएका थिए ।

खनालले आफ्नो कार्यकालका क्रममा सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरेका छन् । एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीका विश्वासपात्र खनाल २०७४ सालदेखि उनको सचिवालयमा विभिन्न भूमिकामा थिए ।
 

प्रतिकृया दिनुहोस्