×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने छ ।

प्रतिकृया दिनुहोस्