×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रसुवागढीमा अस्थायी मितेरी पुल निर्माण सुरु

रसुवागढीमा अस्थायी मितेरी पुल निर्माण सुरु

काठमाडौं । रसुवा बाढीले बगाएको नेपाल–चीन रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक पोस्ट गर्दै यस्तो जानकारी गराएको हो । दूतावासले अस्थायी पुल निर्माण भइरहेको भिडियो समेत सार्वजनिक गरेको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीचको भेटमा मितेरी पुल दसैं अगाडि नै अस्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो ।

भेटमा चीनले पुल निर्माणको प्रतिबद्धता गरेको समेत मन्त्रालयले जनाएको थियो ।

प्रतिकृया दिनुहोस्