×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’, प्रधानमन्त्री ओलीले लेखेका छन् । 

सिंहको बिहीबार राति निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्