×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

झिनो अंकले घट्यो सेयर बजार

झिनो अंकले घट्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो ।

८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्यो, एउटाको स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे ।

बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर छन् ।

युनियन हाइड्रोपावरको ९.२२, सिंगटी हाइड्रो इनर्जीको ८.०९ तथा पन्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ७.३९, ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप र युनियन हाइड्रोपावर छन् ।

प्रतिकृया दिनुहोस्