×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ । नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । 

रिटमा नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइवरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको जिकिर गरेका छन् । 

साथै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छाविपरीत ‘रिङ ब्याक टोन’ सुन्न बाध्य पार्ने, मानसिक रूपमा तनाव सिर्जना हुने काम गरिरहेको हुनाले विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ ब्याक टोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्