काठमाडौं । भारतमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी ड्र सार्वजनिक गरिएको हो ।
ड्र अनुसार नेपाल समूह बी मा परेको छ । नेपालसँगै भारत र श्रीलंका पनि सोही समूहमा छन् । समूह ए मा माल्दिभ्स, बंगलादेश र भुटान छन् । भारतको अरुणाञ्चल प्रदेशमा मे ८-१७ सम्म प्रतियोगिता हुने तय छ ।