काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ८० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भैरहेको छ ।