गरिमा विकास बैंक र फेडरेसन अफ इन्टरप्रेनर्स अफ नेपालबिच सम्झौता गरिमा विकास बैंक र फेडरेसन अफ इन्टरप्रेनर्स अफ नेपालबिच सम्झौता
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

गरिमा विकास बैंक र फेडरेसन अफ इन्टरप्रेनर्स अफ नेपालबिच सम्झौता

गरिमा विकास बैंक  र फेडरेसन अफ इन्टरप्रेनर्स अफ नेपालबिच सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन फेड्रेसन अफ इन्टरप्रेनर्स अफ नेपालबिच सम्झौता सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमबिच गरिमा विकास बैंक र फेड्रेसन अफ इन्टरप्रेनर्स अफ नेपालबिच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । 
सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेड्रेसन अफ इन्टरप्रेनर्स अफ नेपालको तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले हस्ताक्षर गरेका छन् । 

सो सम्झौतापश्चात फेड्रेसन अफ इन्टरप्रेनर्स अफ नेपालले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।

संघमा आबद्ध उद्यमीहरूले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८।४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन् ।
सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ । 

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रतिकृया दिनुहोस्