दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थप अनुमति
मङ्सिर १४, २०८१काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
सबै पढ्नुहोस