रविको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल धरौटीमा छुटे
माघ ४, २०८१पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका बेला गत २९ मंसिरमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।
सबै पढ्नुहोस