जासुसी उपन्यासकार, पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन
माघ ३, २०८१काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । उनको २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो । त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् ।
सबै पढ्नुहोस