जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

पुस १६, २०८१

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका-९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

सबै पढ्नुहोस