हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ
असोज १९, २०८१काठमाडौँ । मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ परेका छन्। शनिबार बिहान ३ बजेतिर प्रहरीले हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन्।
सबै पढ्नुहोस